२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफगानिस्तानमा विस्फोट हुँदा ५ सुरक्षाकर्मी र १ सर्वसाधारणको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

कान्दाहार । दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक क्षेत्रमा बिहीबार एउटा गाडीमा विस्फोट हुँदा पाँच सुरक्षाकर्मीसहित छ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।

घातक आक्रमणको पुष्टि गर्दै स्पिन बोल्दाक जिल्लाका प्रहरी प्रमुख मौलावी मोहम्मद हाशिम महमुदले विगतका युद्धहरूबाट बाँकी रहेका विस्फोटक पदार्थले बिहीबार बिहान एउटा गाडीमा प्रहार गरेको थियो।

यसैबीच स्थानीय सञ्चारमाध्यम टोलोन्युजले शुक्रबार विस्फोटमा एक नागरिक र प्रशासनका पाँच सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेपछि सडक किनारमा बम विस्फोट र हिंसात्मक घटनाहरू घटेका छन् र तालिबान नेतृत्वको कामचलाउ सरकारले सबै अफगानहरूलाई घर फर्कन र आफ्नो मातृभूमिको पुनर्निर्माणमा हातेमालो गर्न आह्वान गरेको छ।