२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक



अ+ अ-

काठमाडौं । गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘एैयो रैयो सैयो’ बोलको गीतमा शब्द, संगीत धन माया परियारको रहेको छ ।

गीतमा गायक धर्मेन्द्रले स्वयम स्वर दिएका छन् । उक्त सार्वजनिक रमाईलो झ्याऊरे गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोटले अभिनयमा साथ दिएकी छन्।

भिडियोमा सहयोगको नाममा दृष्टीविहिनको नाटक प्रेम अभियानमार्फत प्रस्तुत गरेका छन् । यस गीतको भिडियोमा जानुका थापा मगर, सुभम भुजेल, पबन बस्नेत काजी लगाएतको पनि अभिनय रहेको छ।

सुभम भुजेलको कोरियोग्राफी रहेको भिडियो रमाईलो खालको बनाइएको छ । सञ्जित श्रेष्ठको छायाँकन रहेको भिडियोलाई बिजेश पौडेलले निर्देशन तथा सम्पादन गरेका हुन् ।

विहिबार सार्वजनिक भिडियोले युट्युबमा राम्रो भ्युज बटुलेको छ । भिडियोलाई स्रोता दर्शकले प्रतिक्रिया राम्रो दिएका छन् । भिडियो गायक ‘धर्मेन्द्र सेवान’कै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यस गीतले श्रोता दर्शकको मन जित्नेमा विश्वस्त रहेको गायक धर्मेन्द्रले बताएका छन्।