२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरक्रिया र कार्यकर्ता भेलामा सहभागी हुन कमल थापा पोखरामा जांदै



अ+ अ-

पोखरा । राप्रपा नेपालका अध्यक्ष कमल थापा स्थानिय बुद्धिजीवी , नागरिक समाज , संन्चारकर्मी, उधोगी , ब्यापारीहरुसङ्गको अन्तरक्रियामा सहभागी हुन भोलि पोखरा आउने भएका छन् ।

पार्टीले मुलुकको सात वटै प्रदेशमा प्रदेश स्तरीय ूमुलुकका चुनौती र बिकल्प बिषयमा अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । सो बमोजिम बागमतीको हेटौंडामा , १ नम्बर प्रदेशको बिराटनगरमा, मधेस प्रदेशको जनकपुरमा र लुम्बिनी प्रदेशको बुटवलमा कार्यक्रम सम्पन्न भएको छ ।

सबै कार्यक्रममा अध्यक्ष थापा सहभागी थिए । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने कार्यक्रममा सहभागी हुन थापा भोलि पोखरा आउने र प्रदेश स्तरीय कार्यकर्ता भेलालाई समेत सम्बोधन गर्ने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । प्रदेश भित्रका सबै जिल्लाका अध्यक्ष सहितका प्रतिनिधिहरुको अगुवा भेलामा सहभागिता रहने राप्रपा नेपाल गण्डकी प्रदेश अध्यक्ष राजेन्द्र बहादुर अधिकारीले बताए । कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको गण्डकी प्रदेश समितिले जनाएको छ । सबै बर्ग, क्षेत्र , समुदायका ब्यक्तिहरुसङ्ग अन्तरक्रिया गर्दै पार्टीले धारणा र थप कार्यक्रम तय गर्ने जनाईएको छ ।

कार्यक्रमबारे जानकारी दिन आयोजित साक्षात्कार कार्यक्रममा पार्टीका सहायक महामन्त्री शिव बास्तोला, प्रदेश सचिब सुर्य बास्तोला लगायतको उपस्थिति रहेको थियो ।




भर्खरै