२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । रु २६ करोड ७७ लाखको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो । वन तथा वातावरण मन्त्रालयले उक्त केन्द्र निर्माणका लागि श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिइसकेको छ । सामुदायिक वनको पाँच हेक्टर क्षेत्रमा उक्त केन्द्र निर्माण हुने क्षेत्रीय सहरी विकास आयोजनाका इञ्जिनीयर द्रोण कटुवालले बताउनुभयो ।

उहाँका अनुसार फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि गत वैशाख २३ गते क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ र रमण केएसजेभी कैलालीबीच ठेक्का सम्झौता भएको थियो ।“बीस महिनाभित्र उक्त केन्द्र निर्माण गरिसक्नेगरी ठेक्का सम्झौता भएको छ” इन्जिनियर कटुवालले भन्नुभयो, “निर्धारित समयभित्रै केन्द्र निर्माण हुन्छ ।”

नगर प्रमुख रणबहादुर महराले विगत लामो समयदेखि फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले निकै चर्चा पाए पनि निर्माण हुन नसकेको बताउनुभयो ।“ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ” उहाँले भन्नुभयो, “वातावरणमा असर नपर्ने गरी केन्द्र निर्माण हुन्छ ।”

यसैबीच, भीमदत्त नगरपालिकाले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि विस्तृत अध्ययन गरी कार्यान्वयनका लागि विज्ञसहितको कार्यदल बनाउने भएको छ । नगरपालिकाको दोस्रो कार्यपालिका बैठकबाट कार्यदल बनाउने निर्णय गरिएको हो । नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो । जग्गा नपाएर फोहरमैला व्यवस्थापन केन्द्र निर्माण अघि बढ्न सकेको छैन । राजनीतिक दलका नेता र स्थानीयवासीले फोहरमैला व्यवस्थापन केन्द्र बनाउन अवरोध गर्दै आएका छन् ।

नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले कार्यपालिका बैठकमा छलफल गरी यसलाई अघि बढाउने निर्णय गरिएको बताउनुभयो । क्षेत्रीय सहरी विकास आयोजनाका लागि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण पहिलो शर्तका रुपमा छ । उक्त केन्द्रको काम अघि बढ्न नसक्दा आयोजनाअन्तर्गत निर्माण हुने ३६ किलोमिटर ढलसहित सबै सडकको निर्माणकार्य अघि बढ्नसकेको छैन । अहिले भीमदत्तमा १४ किलोमटिर सडक निर्माणकार्य मात्रै अघि बढेको छ ।

यो परियोजना एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित छ । आयोजनाअन्तर्गत रु ६० करोडको लगानीमा फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो । नगरपालिकाको बजार र आसपासका क्षेत्रमा अहिले दैनिक सात दशमलव २९ टन फोहर निस्कने गरेको छ । नगरपालिकाले महेन्द्रनगर बजारसहित आसपासका ७०० घरबाट फोहर सङ्कलन गर्दै आएको छ ।विसं २०३४मा स्थापना गरिएको नगरपालिकामा यसअघि डम्पिङ साइट बनाउन पटक–पटक प्रयत्न गरिएको थियो ।