२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ: गृहमन्त्री खाण



अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताउनुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजना एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहआयोजनामा आजदेखि राजधानीमा सुरु चौथो ‘साकोस शिखर गोष्ठी’ समुद्घाटन समारोहमा गृहमन्त्री खाणले नागरिकको जीवनस्तर सुधारमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले विगतका महिलालाई सशक्त बनाउँदै समाज सुधारमा सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सहकारी अभियानप्रति सरकार सकारात्मक रहेको पनि बताउनुभयो ।

उहाँले नागरिकलाई समूहबद्ध गराउनाका साथै क्षमता विकास, सम्पत्तिको मालिक बनाउने स्रोतसाधनमाथि पहुँच स्थापित गर्नमा सहकारी अभियानले ठूलो सहयोग गरेको बताउनुभयो । गृहमन्त्री खाणले सहकारी क्षेत्रको बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन बढाउन सहकारीकर्मीसँग आग्रह गर्नुभयो ।

सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले अनुत्पादक क्षेत्रमा लगानी बढेको, बढी ब्याज लिने र सेवा शुल्क बढी लिएकोलगायतमा गुनासा बढ्न थालेको भन्दै सचेत हुन आग्रह गर्नुभयो ।

आफूलाई बैंक नठान्न र बैंकको जस्तो अभ्यासले सहकारीको भलो नहुने पनि उहाँले बताउनुभयो । सहकारी विभागले जारी गरेको ३५ बुँदे एकीकृत निर्देशनलाई कार्यान्वयन गर्न उहाँले सबैमा आग्रह गर्नुभयो । उहाँले सहकारी अभियान र सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने पनि धारणा राख्नुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सरकारले सहकारीको आयकरको दर बढाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले आयकरको दर पुरानै कायम गर्न पनि सरकारसँग आग्रह गर्नुभयो । त्यस्तै उहाँले बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि छुट्टै बचत ऋण ऐनको आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कोभिड महामारीले सिर्जना गरेका वित्तीय सक्षमता, स्थिरता र स्वस्थताका विषयको यथोचित सम्बोधन गरिने बताउनुभयो । उहाँले छुट्टै साकोस ऐनको आवश्यकता औँल्याउनुभयो ।

दुई दिनसम्म चल्ने गोष्ठीमा देशभरका करिब ७०० बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो । चौथो शिखर गोष्ठीले बचत ऋण सहकारीमा नवीनतम् प्रविधि, सञ्जालीकृत तथा दिगो अभियानमा विशेष जोड दिएको छ ।




भर्खरै