२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलको सफाइ व्यवस्थापनको ठेक्का प्रस्ताव नखोल्न सर्वोच्चको अन्तरिम आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाइ व्यवस्थापनको ठेक्कासम्बन्धी प्रस्ताव नखोल्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

विमानस्थलको सफाइ तथा फोहोर व्यवस्थापनको ठेक्काका लागि विमानस्थल कार्यालयले १३ वैशाखमा प्रस्ताव खोलेको थियो । सो प्रस्तावविरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले २६ जेठमा आह्वान गरेको बोलपत्रको प्रस्ताव नखोल्न र यथास्थितिमा राख्न आदेश दिएको छ ।

यस्तै, सर्वोच्चले अनमोल फ्यासिलिटी क्लिनर्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विपक्षी बनाएर दिएको रिटमा १५ दिनभित्रै लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ ।

विमानस्थल कार्यालयले नेपाली निर्माण व्यवसायीलाई रोक्ने गरी विमानस्थल सफाइ तथा फोहोर व्यवस्थापनको प्रस्ताव आह्वान गरेको थियो ।

सो ठेक्काको लागि प्रस्ताव पेश गर्ने अन्तिम मिति यही ३१ जेठसम्मलाई तोकिएको छ । अदालतले सोही मितिमा विपक्षीलाई छलफलमा उपस्थित हुन आदेश समेत दिएको छ ।