२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमण प्रति गठबन्धनभित्र आशंका



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिकी भ्रमणलाई लिएर सत्ता गठबन्धनभित्र आशंका उत्पन्न भएको छ ।

सत्ता गठबन्धनको एक प्रमुख घटक नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीको अमेरिका भ्रमण रोक्नका लागि राजनीतिक लबिङलाई तीव्र बनएको छ ।

उच्च स्रोतका अनुसार अमेरिकी रक्षा मन्त्रालय र नेपालको रक्षा मन्त्रालयबीच हुने सहमतिको बिषयमा माओवादी केन्द्र सशंकित भएको हो ।

प्रधानमन्त्रीको हैसियतमा भन्दा पनि बढी रक्षामन्त्रीको हैसियतमा भ्रमण हुन खोजेको र विभिन्न सैन्य सम्झौता हुन लागेको भन्दै माओवादी केन्द्रले भ्रमणप्रति असहमति जनाएको हो ।

केही दिनअघि माओवादी केन्द्रका प्रमुख सचतेक देव गुरुङले संसदमा नै  प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमण शंकास्पद रहेको बताउनुभएको थियो । उहाँले प्रधानमन्त्री देउवा र प्रधानसेनपति प्रभुराम शर्माको अमेरिका भ्रमण आवश्यक नभएको भन्दै रोक्नका लागि माग गर्नुर्भको थियो ।

सोमबार बिहान मात्रै नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बालकोट पुग्नुएको थियो ।

एमालेका नेता एवं पूर्वपराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदनमा अमेरिका भ्रमण प्रधानमन्त्री देउवाको हो कि प्रधानसेनापतिको हो भनी प्रश्न गर्नुभएको थियो ।

यसैबीच प्रतिनिसिभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा लाई असार ५ गते समितिको बैठकमा बोलाउने भएको छ ।

 




भर्खरै