२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १५.८२ अंकले गिरावट



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।

पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमवार १५.८२ अंकले घटेर २०३२.३४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंकले घटेको छ । सोमवार कारोबारमा आएका २३० कम्पनीको २९ लाख २० हजार कित्ता शेयर ९९ करोड ८६ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्सेसँग पछिल्लो समय कारोबार रकममा समेत गिरावट आउन थालेको छ । सोमवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन् । जसमध्ये वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् ।

सोमवार नेप्से ओरालो लागेपनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै यता मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.४० प्रतिशत घटेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य पनि ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सिभिल बैंकको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।