२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री शर्माको स्पष्टिकरण: अनाधिकार व्यक्तिले बजेट बनायो भन्ने कुरा झुटा र भ्रामक



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झूटा र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गर्नु भएको छ ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले राजीनामा माग गरिरहेको बेला अर्थमन्त्री शर्माले यस्तो स्पष्टिकरण दिनु भएको हो । उहाँले मंगलबार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिवको नेतृत्वमा टिम परिचालन हुने र उनीहरुले तयार गरेको बजेटमा अर्थमन्त्रीको हैसियतमा आफूले सरकारको नीति तथा भिजन मात्रै दिने अधिकार भएको र सोही अनुसार काम गरिएको बताउनु भयो । अर्थमन्त्री शर्माले कार्य सम्पादन नियमावलीले आफूलाई बजेट निर्माण गर्नका लागि अधिकार दिएको र सोही अधिकार मात्रै आफूले प्रयोग गरेको पनि पटकपटक दोहोर्याउनु भयो । सरोकारवालाहरुको सुझाव, सम्बन्धित मन्त्रालयले पठाएको कार्यक्रम र योजनाहरुकै आधारमा अर्थ मन्त्रालयको पदाधिकारीले बजेट बनाउने विधि र प्रक्रिया रही आएको अर्थमन्त्री शर्माको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘बजेट तुर्जमा सम्बन्धि विषयलाई लिएर केही मिडियाहरुमा आएको समाचारको बारेमा माननीय ज्यूहरुले उठाउनु भएको प्रश्नको बारेमा म स्पष्ट गर्न उभिएको छु । नेपाल सरकार कार्यसम्पादन नियमावली, २०७४ अनुसार तोकिएको जिम्मेवारी भित्र रहेर कार्य सम्पादन हुने कुरा म स्पष्ट गर्न चाहन्छु । बजेट तथा आर्थिक विधेयक तर्जुका सम्बन्धमा स्पष्ट रुपमा परिभाषित गरिएका प्रक्रियाहरु छन । ती प्रक्रियाहरु अन्तरगत रहेर मुख्यतः अर्थसचिव र राजस्व सचिव दुई वटा सचिव रहेको व्यवस्था छ अर्थ मन्त्रालयमा । र उहाँहरुको मातहतमा रहनु भएका अन्य विभागीय प्रमुखहरु र कर्मचारीहरुको तहमा विभिन्न स्तरमा छलफल भएर र विभिन्न सरोकारवालाहरुबाट आएका सुझावहरुलाई समेत ध्यान दिएर प्रस्तावहरु बन्ने गर्दछ । यो कुरा म यहाँ जानकारी गराउन चाहन्छु । र, त्यसलाई आवश्यक तयारी गरेर निष्कर्षमा ल्याउने र अर्थमन्त्रीेले सरकारको नीति र भिजनलाई नीतिगत रुपमा निर्देशन दिने त्यस आधारमा बजेट तयार हुने परम्परा रहेको र अहिले पनि त्यसरीनै बजेट तयार भएको म स्पष्ट गर्न चाहन्छु ।’

अर्थमन्त्री शर्माले भन्नु भयो, ‘अव छलफल हुँदा प्राप्त भएका सुझावहरुलाई बढिभन्दा बढि समेटने कुरामा ध्यान दिने र सम्बन्धित मन्त्रालयहरुले तय गरेर पठाएका कार्यक्रम र योजनाहरु अर्थ मन्त्रालयका बजेटसँग सम्बन्धित पदाधिकारीहरुबीचको दुई पक्षीय छलफलको आधारमा त्यसलाई टुंग्याउने परम्परा रहेछ । सोही अनुसार नै अहिलेको बजेट पनि बनेको कुरा म स्पष्ट गर्न चाहन्छु । अव यहाँ अहिले एउटा जुन विषय उठेको छ कि बजेट निर्माण गर्दा राजस्वको दरहरु गर्न कुनै मान्छे रातको १२ बजे आएर चलखेल गर्यो भन्ने सन्दर्भमा जुन विषय उठेको छ । त्यो अत्यन्त भ्रामक, कपोकल्पित एउटा झुटा कथा बनाइएको छ । यसको म खण्डन गर्न चाहन्छु । खारेज गर्न चाहन्छु । र, मन्त्रालयका जिम्मेवार पदाधिकारीहरु भन्नाले सचिवज्यूहरुको नेतृत्वमा राजस्व सचिवको नेतृत्वमा राजस्व सम्बन्धि तयारी र अर्थ सचिवको नेतृत्वमा अर्थ सम्बन्धि तयारी दुवै तयारी पनि हुने गरी कार्य विभाजन हुने, कमिटीहरु बन्ने र ती कमिटीहरुले नै यी कुराहरुलाई प्रक्रियागत रुपमा टुंग्याउने भएको हुनाले यी कुराहरु त्यसरी सम्पन्न भएको म स्पष्ट गर्न चाहन्छु । र, सबै कामहरु आधिकारिक ढंगले भएको र अर्थमन्त्रीको हैसियतले जुन कार्य सम्पादन नियमावली अनुसार प्राप्त भएको जिम्मेवारी प्रति उत्तरदायी भएर बजेट बनाइएको कुरा यहाँ स्पष्ट गर्न चाहन्छु । कुनै पनि अनाधिकार व्यक्तिले बजेट बनायो भन्ने कुरा झुटा र भ्रामक भएको कुरा स्पष्ट पार्न चाहन्छु ।’

अर्थमन्त्री शर्माले राजस्व परिचालनबारे राजस्व सचिव र अर्थ परिचालन सम्बन्धि अर्थ सचिवले आवश्यक तयारी गर्ने हुनाले त्यसमा अर्थमन्त्रीले खेल्न मिल्ने कुनै अधिकार नभएको पनि बताउनु भयो ।




भर्खरै