२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म बाबरीको शीर्ष गीत र पोस्टर सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाली फिल्म बाबरीको शीर्ष गीत र फिल्मको पोस्टर सार्वजनिक भएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ‘बाबरी रङ्ग’ बोलको शीर्ष गीत र पोस्टर सार्वजनिक गरिएको हो । गीतमा नायिका अदिती बुढाथोकी र नायक धिरज मगर फिचर्ड छन् । अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर रहेको गीतको शब्द तथा संगीत पनि गायक गुरुङकै रहेको छ । गीत सञ्जिव बराईलीले एरेन्ज गरेका हुन् ।

कार्यक्रममा बोल्दै अग्रज अभिनेता भुवन केसीले फिल्मले सफलता हात पार्ने बताउनु भयो । उहाँले फिल्मको टिजर र गीत हेर्दा नै चलचित्रले इतिहास रच्ने लागेको बताउनु भयो । त्यस्तै नायिका अदिती बुढाथोकीले फिल्म हेरेर माया गर्न आग्रह गर्नुभयो । त्यस्तै नायक धिरज मगरले सुटिङको बेलामा धेरै गाह्रो भएपनि अहिले फिल्म र गीत उत्कृष्ट बनेको बताउनु भयो ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा अदिती र धिरजसँगै धिरज नाडकरको पनि मुख्य अभिनय रहनेछ । फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलिप गुरुङ लगायतका कलाकारको अभिनय छ ।

फिल्मको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन् भने सुष्मा गुरुङ सह निर्माता हुनुहुन्छ । फिल्म काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । फिल्म बाबरी भदौ ३१ गतेदेखि हलहरुमा प्रदर्शन हुनेछ ।