९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनका दुई ठूला सहर कब्जा गरेपछि रुस वार्ताका लागि तयार



अ+ अ-

एजेन्सी । युक्रेनमा रुसको आक्रमण लगातार चौथो दिन पनि जारी छ । पछिल्लो अपडेट अनुसार रुस युक्रेनसँग वार्ता गर्न सहमत भएको छ । 

बेलारुसमा दुवै देशका नेताहरूले वार्ता गर्न सक्नेछन् । यसैबीच रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रवेश गरेको छ । 

यहाँ राजधानी किभ बाहिर युक्रेनले रुसी सेनालाई कडा टक्कर दिएको छ । युक्रेनी सेनाले रुसी पक्षमा लडिरहेका चेचेन स्पेशल फोर्सका शीर्ष जनरलको हत्या गरेको छ ।

सामी ओब्लास्टको ओख्तिरकामा आइतबार बिहान रुसी आक्रमणमा परी सात वर्षीया बालिकासहित छ जना सर्वसाधारणको मृत्यु भएको बताइएको छ । 

युक्रेनको स्थानीय सञ्चारमाध्यमले युक्रेनका गभर्नर दिमित्री जिवित्स्कीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । अर्कोतर्फ, रुसी सेनाले खार्किभमा ग्यास पाइपलाइन विस्फोट गराएको छ । 

सोही क्रममा बार्सिलकिभमा गोली चल्दा पेट्रोलियम बेसमा आगलागी भएको थियो ।