२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निहारीका राजपूतको मुद्दामा उच्च अदालत जनकपुरबाट झगडीया झिकाउने आदेश



फाईल फोटो
अ+ अ-

काठमाडौं । न्यायका लागि भन्दै एक साता देखी अनसनमा रहनु भएकी सोनाली सिंह उर्फ निहारीका राजपूतको मुद्दामा उच्च अदालत जनकपुरले झगडीया झिकाउने आदेश गरेको छ । बलात्कार मुद्दामा जिल्लाबाट छुटेकालाई तत्काल अदालतमा उपस्थित गराउने छ र न्याय निरोपणमा सहयोग हुनेछ अधिवक्ता मोहना अन्सारीले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो ‘यो मुद्दामा थोरै भए पनि अदातल एकस्टेप अगाडी बढेको छ ,आशा छ नेपाल प्रहरीले छिट्टै बलात्कार मुद्दामा जिल्लाबाट छुटेकालाई तत्काल अदालतमा उपस्थित गराउने छ र न्याय निरोपणमा सहयोग हुनेछ ।’

आफू १७ वर्षकी हुदाँ जनकपुरका शिवराज श्रेष्ठ नाम गरेका व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भरहेको त्यसबाट बच्चा जन्मिएको भन्दै डिएनए परिक्षण गर्नुपर्ने , आफू र नाबालकले अधिकार पाउनु पर्ने तथा दोषी श्रेष्ठलाई कारबाही गर्नु पर्ने माग गर्नुभएको छ ।

यस अघि जिल्ला अदालतमा परेको मुद्दामा अदालतले उहाँलाई हराईदिएको थियो । जिल्ला अदालतको निर्णयमा असन्तुष्ट रहदै उहाँले सहयोगको लागि बिभिन्न निकायमा धाए पनि सहयोग नपाएपछि काठमाडांैको माईतिघर बाट एकल आन्दोलन गर्नुभएको थियो ।

माईतिघरको प्रर्दशनमा प्रहरीको अबरोध भएपछि उहाँ बसन्तपुरमा अनसन बस्नु भएको छ । राजपुतको बिषय सडक देखी सदन सम्म बहसको बिषय बनेको छ ।