काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले छ जनालाई पदाधिकारीमा मनोनयन गरेका छन् । उहाँले चन्द्रबहादुर गुरुङलाई कोषाध्यक्ष तथा वसन्तमान सिंह र सुरेश आचार्यलाई पार्टी प्रवक्तामा मनोनयन गर्नुभएको छ ।
त्यस्तै अन्य मनोनित हुनेमा हिक्मत ढकाल, तेजकुमार कुरुम्वाङ र आइतराम तामाङ रहेका छन् । उनीहरुलाई पार्टीको सहमहामन्त्रीमा मनोनयन गरिएको हो ।













