२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्यहरुको नोकझोक, प्रमलाई बोलाउनेबारे सदस्यहरुबीच बिमति



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएको बिषयमा सदस्यहरुबीच नोकझोक भएको छ ।

प्रधानमन्त्रीलाई उपस्थित हुन पुनः पत्र पठाउने बिषयमा पत्रको आशय र मनासायका बिचमा सासंदहरु बीच विवाद भएको हो ।

बैठकमा समितिका सभापति पवित्रा खरेल निरौलाले समितिको बैठकमा प्रधानमन्त्रीलाई बोलाएर बदनाम गर्न नखोजिएको बताउनु भएको थियो ।

उहाँले भन्नुभयो ‘उहाँलाई हामीले अपमान गर्ने, उहाँलाई स्पष्टीकरण लिने, उहाँलाई बदनाम गर्ने, तुच्छ वचन बोल्ने त्यो होइन । हामी सम्मान गर्छौं, हिजो पनि हामीले प्रधानमन्त्री जुनसुकै पार्टीको सम्मान गरेका थियौं, आज पनि गर्छौं, भोलि पनि गर्छौं ।’

सभापति खरेलले एमसीसी जस्तै एसपीपी पनि व्याख्यात्मक घोषणासहित पास गर्न खोजिएको त होइन भनेर प्रश्न उठेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिमा बोलाउनु परेको बताउनु भयो ।

उहाँँले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी)का र प्रधानमन्त्रीको आसन्न अमेरिकाको भ्रमणसन्दर्भमा छलफल गर्न बोलाएपनि अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले उपस्थित हुन नसक्ने जानकारी प्राप्त भएको जानकारी गराउनु भयो ।