२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गरेर संसदको अपमान गर्‍यो



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवम् सांसद प्रदीप ज्ञवालीले सरकारले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गरेर संसदको अपमान गरेको बताउनुभएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदबाट पेट्रोलियम पद्धार्थको मूल्य समायोजन गर्ने बचन दिएको भएपनि सो बचन लत्याउँदै मूल्यवृद्धि गर्नुले संसदको समेत अपमान भएको उपमहासचिव ज्ञवालीको तर्क थियो । सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकारले पेट्रोलियम पद्धार्थमा फेरी पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै आपत्ति जनाउनु भयो । उपमहासचिव ज्ञवालीले पेट्रोलियम पद्धार्थमा लाग्दै आएको केही कर हटाउन सके जनतालाई राहत हुने पनि बताउनुभयो ।

उहाँले आयल निगमको संस्थागत सुधार गरेर पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने विकल्प समेत प्रस्तुत गर्नु भयो । उहाँले भन्नुभयो – ‘अर्थमन्त्रीले बजेट वक्तव्य पढ्दै गर्दा, यद्यपी उहाँले वक्तव्यमा लिखित रुपमा सम्मिलित गर्नुभएको थिएन । तर अन्तिममा उहाँले मौखिक रुपमा पेट्रोलियम पद्धार्थको मुल्य मैले समायोजन गर्छु, यसमा लगाइएको अतिरिक्त कर हटाउँछु भन्नुभएको थियो । संसदको स्पष्ट निर्देशन र सदन समक्ष अर्थमन्त्रीले बजेट वक्तव्य पेश गर्दा बोलेको कुरालाई समेत लत्याउँदै जुन ढंगको मुल्यवृद्धि भएको छ, यो जनताको ढाड सेक्ने कुरा त हुँदै हो । यो वास्तवमा संसदको पनि अपमान हो । त्यसैले हामीले त्यही गम्भिरताका साथ यो विषय उठाएका हौँ ।

कमसेकम एउटा कर हट्दा पनि थोरै भएपनि राहत हुन्छ । आयल निगमको समग्र संस्थागत सुधार गर्ने हो भने मुल्य घटाउन सकिन्छ । यो काम नगरीकन सिधै बाहिरबाट समायोजन भएर आयो, त्यसको सिधै मार जनतालाई दिने खालको कुरा छ । यदी हामीले गम्भिरतापूर्वक उठाएको विषयलाई सुनिएन । तदनुरुप सरकारले जवाफ दिएन । जवाफ चित्त बुझ्दो भएन र ठोस रुपले कदम चलिएन भनिदेखि हामी त्यो भन्दा अगाडी बढ्छौँ ।’

उपमहासचिव ज्ञवालीले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताको लागि आफूहरुले आवाज उठाएको भन्दै सरकारले गम्भिरतापूर्वक नलिए आन्दोलनमा जाने चेतावनी समेत दिनुभयो ।




भर्खरै