२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगमा रवि लामिछानेविरुद्ध उजुरी



अ+ अ-

काठमाडौँ । सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगमा लामिछानेले दल दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै स्वतन्त्र उम्मेदवारी अभियानले उजुरी दिएको हो ।

लामिछानेले निर्वाचन आयोगमा मंगलबार ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन दिएका थिए । तर दलको नाममा राखिएको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारलाई नै भ्रममा पार्ने भन्दै अभियानले आयोगमा उजुरी दिएको हो ।

डम्बर साहु, मनोज पण्डित , राजकुमार बजगाई , पुष्कर शाह लगायतले ले संविधानमा कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध नभई स्वतन्त्ररुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्योल भएको उजुरीमा बताउनुभएको छ ।

उहाँले उजुरीमा परम्परागत राजनीतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरु राजनीतिमा आउनु स्वागतयोग्य रहे पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरुले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।