२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्खा लागेपछि बागलुङका हुल्दीवासीलाई पहिराको चिन्ता



(सांकेतिक तस्बिर)
अ+ अ-

गलकोट । बर्खा लाग्र्यो की हुल्दीवासीको मनमा चिसो पस्छ । गाउँको चारैतिर ठूलाठूला चिरा परेको पहिरोको बीचमा रहेको छ हुल्दी गाउँ । बागलुङको निसीखोला गाउँपालिका–१ मा पर्ने हुल्दी गाउँ वर्षौदेखि पहिरोको चपेटामा पर्दै आएकाले उनीहरुलाई बर्खा लागेपछि पहिराले पिरोल्ने गरेको हो । सानोतिनो पहिरो वर्षौ पहिलेदेखि झदै आएको हुल्दी गाउँमा २०७३ असारमा परेको पानीले धेरै स्थानमा पहिरा जनाका साथै घरहरु पनि चर्किएका थिए ।

जब वर्षायाम सुरु हुन्छ तब उनीहरुमा मरिन्छ की भन्ने चिन्ताले पिरोली रहन्छ । हिउँदको समय बस्तीमा त्रास कम भए पनि ठूलो वर्षा हुनासाथ भयले उनीहरुको मन ग्रस्त हुन्छ । बर्खालागेपछि कतै पहिरोले गाउँनै बगाउने पो हो की भनेर हुल्दीबासी रातभर सुत्न सक्दैनन्। हुल्दी गाउँ चारैतिरबाट पहिरोले घेरिएको हुँदा कतै सुरक्षित भएर बस्न सक्ने अवस्था नभएका करण त्यहाँका बासिन्दा विस्थापित हुने अवस्थामा पुगेका छन् ।

लगातार ठूलो वर्षा हुन थाल्यो भने यहाँका अधिकांश मानिस आफ्ना पशुचौपाया लिएर गाउँभन्दा माथिको जङ्गलको दह भन्ने स्थानमा अस्थायी बसोबास गर्न बाध्य हुने पहिरोपीडित चन्द्रबहादुर सिञ्जाली मगरको गुनासो थियो । उहाँले हिउँदमा जसोतसो गाउँमै बस्नु बस्ने गरेको र बर्खा लागेपछि पहिरो छल्न घरमाथिको जङ्गलमा बस्नुपर्ने अवस्था रहेको बताउनुभयो । हुल्दी गाउँमा साना ठूलो गरी करिब १०० स्थानमा पहिरो गएको छ । जमिन पहिरोले चिराचिरा परे पनि कतिपय स्थानीयवासी ज्यान हत्केलामा राखेर गाउँमै बस्न विवश छन् ।

गाउँमा हरेक वर्ष पहिरोले घर र खेतबारी बगाउने गरेको छ । सिङ्गो गाउँनै पहिरोको उच्च जोखिममा परेपछि भूगर्भविदले यसको अध्ययन गरेर बस्न नमिल्ने निचोड निकालिसके पनि स्थानीयवासी विकल्प नपाउँदा सोही स्थानमा बस्दै आएका छन् । हुल्दी गाउँसँगै देवीस्थानको खारा बजार, खाडु बजार, काँडा कटेनी र बाहुन गाउँको हालत पनि उस्तै छ । स्थानीयवासीले गाउँ छोड्न सकेका छैनन् । निसिखोला गाउँपालिका जिल्लाकै सबैभन्दा बढी बाढीपहिरो पीडित पालिका हो । उक्त पालिकामा २८२ घरपरिवार पहिरोले विस्थापित भएका छन् ।

त्यहाँ रहेका घरमध्ये २६० घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको निसिखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताउनुभयो । गाउँपालिका–१ को देवीस्थान, खारा बजारका ४१ घर, हुल्दी गाउँका १०० घर, वडा नं २ खाडुका ११ घर, वडा नं २ कै काँडा, किटेनी र बाहुनगाउँका ६० घर, वडा नं ३ धाराखर्क खग्रेनीका ४८ घर स्थान्तरण गर्नुपर्ने अवस्थामा रहेको छ ।

वडा नं ४ का तीन घर वडा नं ५ का ८ घर, वडा नं ६ का ४ घर र वडा नं ७ मा सातवटा घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । ती घरलाई ग्याबिन निर्माण वा अन्यत्र व्यवस्थापन गरेर सुरक्षित गर्न सकिने विकल्प रहेपनि सरकारले आफूहरुको समस्या बुझ्न र समाधानमा बेवास्ता गरेको स्थानीयवासीको भनाइ थियो । पहिरोले गाउँ छियाछिया पारे पनि सरकारले बेवास्था गरेकामा स्थानीयवासी आक्रोशित छन् । पहिरोपीडित खिमकुमारी रामजालीले पानी पर्दा दौडिएर जङ्गलमा जानुपर्ने भएकाले आफूहरुका लागि सरकारले उचित व्यवस्था गर्नुपर्ने बताउनुभयो । यस क्षेत्रका बासिन्दाले हिउँदको समयमा जसोतसो जीवन निर्वाह गरे पनि बर्खामा गाँस, बास र कपासको ठेगान नभएको बताए । रासस




भर्खरै