२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मन्डल र मेयर बालेन शाहबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मन्डल र काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।

भेटघाटको क्रममा संघले महानगरपालिकासंग सहकार्य गरी काठमाडौ महानगरपालिकामा ‘स्मार्ट सिटी’ अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माण लगायतका विषयमा छलफल भएको संघका अध्यक्ष कुल आचार्यले जानकारी दिए ।

‘मैले ललितपुर महानगरपालिका संगको समन्वयमा संघले शंखमुल पार्क निर्माण गरी ललितपुर महानगरपालिकालाई नै हस्तान्तरण गरेको जानकारी दिएँ। त्यस्तै गत वर्ष नै टेण्डर आब्हान गरी वनाउन लागेको सार्वजनिक शौचालय कलंकी सडक विस्तार गर्दा जग्गा अधिग्रहण भएपछि स्थगित भएको र यदि काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा एनआरएनएले दुईवटा सार्वजनिक शौचालय बनाउने र उक्त शौचालय व्यवस्थापनको निमित्त महानगरपालिकालाई आग्रह गर्ने हामीले बतायौं,’आचार्यले भने।

आवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले काठमाडौँ सिटीलाई ‘स्मार्ट सिटी’ बनाउन सहकार्य र समन्वय गर्न संघ हरदम तयार रहेको बताए।

मेयर शाहले काठमाडौंलाई कला(संस्कृति र सम्पदाको शहरको रुपमा संसारभरि चिनाउन संघलाई आग्रह गरेका थिए । एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालय बनाउन जग्गा उपलब्ध गराउने र व्यवस्थापनका लागि पनि महानगरपालिका सकारात्मक रहेको उनले बताए । उनले ुकुकुर तिहारु लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न आग्रह गरे । गैर आवासीय नेपाली संघको योजनाहरु कार्यान्वयन महानगरपालिकाको सिटी प्लानिङ टीमसंग सहकार्य गर्न एनआरएनलाई आग्रह गरे।

मेयर शाह र उनको टिमसंग सहकार्य गर्न संघ उत्साहित रहेको आचार्यले बताए।

उक्त भेटघाट कार्यक्रममा एनआरएनए युरोप संयोजक चिंतामणी सापकोटा, एनआरएनए आईसीसी सदस्य प्रदीप न्यौपाने, युरोप युवा संयोजक रमेश काफ्ले लगायत एनआरएनए अभियन्ताहरुको उपस्थिति रहेको थियो।