२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैजाको डरः ललितपुरमा ठेलामा पानीपुरी बेच्न रोक



अ+ अ-

काठमाडौँ । हैजाको महामारी बढ्नसक्ने आशंकामा ललितपुर महानगरपालिकाले पालिकाभित्र ठेला गाडामा पानीपुरी बेच्न रोक लगाएको छ ।

महानगरप्रमुख चिरीबाबु महर्जनले पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा देखिएपछि ठेला गाडामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् ।

ललितपुर महानगरका नगर प्रहरीहरुले ठेला गाडामा पानीपुरी विक्री गर्नेहरुलाई महानगरबाट हटाएका छन् । नगरप्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार महानगरले अर्को निर्णय नगरेसम्म अब महानगरभित्र ठेला गाडामा पानीपुरी बिक्री गर्न पाइने छैन ।