२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी नेतृत्वबाट राजीनामा दिएको हो, राजनीतिबाट होइन– रवीन्द्र मिश्र



रविन्द्र मिश्र (फाइल तस्वीर)
अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले आफू राजनीतिबाट नबाहिरिएको बताएका छन् । आफूले विवेकशील साझा पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको भन्दै मिश्रले राजनीतिबाट राजीनामा नदिएको स्पष्ट गरेका छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उनले भनेका छन्, “मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ कि भन्ने शंका उब्जिएको पाएँ। स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो, राजनीतिबाट होइन।”

पार्टीमा रहेका १६३ जना केन्द्रीय सदस्यहरूले पार्टीलाई अगाडि लैजाने विश्वास लिँदै उनले आफू पार्टीको म साधारण सदस्य नै रहने बताए ।

“राजनीतिको मेरो एउटैमात्र लक्ष्य भनेको यो देशको दूरगामी हित र दशकौँदेखि जसको नाममा राजनीति गरियो तर जसलाई राजनीतिले कहिल्यै स्पर्शै गरेन तिनको जीवनको रूपान्तरण हो। ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन।
कसरी त्यो संभव होला भन्ने मन्थनमै छु। मन्थनबाट निस्किएको निष्कर्ष लिएर उपस्थित हुने नै छु”, उनले भनेका छन् ।

सबैको साथ पाए निश्चय पनि लक्ष्यमा पुग्न सहज हुन्छ भन्दै नेता मिश्रले भने, “अन्यथा यो देशका लागि जे गर्दा राम्रो हुन्छ भन्ने लाग्छ, त्यसबारे विश्वास दिलाउन प्रयास गरि नै रहनेछु।




भर्खरै