२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरप्रदेशका मुख्यमन्त्री चढेको हेलिकप्टर आपतकालीन अवतरण



अ+ अ-

एजेन्सी । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको हेलिकप्टर आइतबार बिहान वाराणसीमा आपतकालीन अवतरण गर्नुपरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार १५५० फिटको उचाइमा उनको हेलिकोप्टर चरासँग ठोक्किएको थियो । तर, पाइलटको सचेतताले ठूलो दुर्घटना हुनबाट जोगियो ।

चराले ठक्कर दिएपछि पाइलटले हेलिकप्टरलाई सावधानीका रूपमा प्रहरी लाइन मैदानमा फिर्ता ल्याएका थिए । योगी प्रहरी लाइन मैदानबाट सर्किट हाउस फर्किएका छन् भने अब उनी सडकबाट बाबात्पुर विमानस्थल जानेछन् ।

योगी बिहान ९ बजे सर्किट हाउसबाट लखनउ जानका लागि पुलिस लाइन ग्राउन्डतर्फ प्रस्थान गरेका थिए । केही समयपछि उनको हेलिकप्टर यहाँबाट उड्यो । तर करिब १० मिनेटपछि हेलिकप्टर प्रहरी मैदानमा फर्किएको थियो । यसले प्रहरी र प्रशासनिक कर्मचारीमा तरंग पैदा गरेको छ । मुख्यमन्त्री तल आएपछि पिसौर पुल नजिकै १५५० फिटको उचाइमा आकाशमा हेलिकप्टरसँग चरा ठोक्किएको भेटियो ।

योगी दुई दिने भ्रमणमा शनिबार साँझ वाराणसी आएका थिए ।