२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा बैठकको शून्य समयमा कसले के भने ?



file: rss
अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमृता थापाले उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य थापाले उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको पद लामो समयदेखि खालि भएको उल्लेख गर्दै तत्काल निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गर्नुभएको छ । उहाँले यसपालिको स्थानीय तहको निर्वाचनमा १२४ जना दलित महिला सदस्य खालि भएको भन्दै कानून संशोधन गरेर भएपनि खालि ठाउँमा जनप्रतिनिधि पूर्ति गर्ने व्यवस्था गर्न पनि माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य आशाकुमारी बि.क.ले गत कार्तिक ३० गते बझाङमा आएको वर्षाले ११ सय घर परिवार विस्थापित भएको भन्दै पूर्ण क्षति भएका घरहरु अझै बन्न नसकेकोप्रति सरकारको जवाफ माग गर्नुभयो । उहाँले विपद् व्यवस्थापनमा सरकारको तयारी के छ त्यसको पनि जवाफ माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य इन्दुकुमारी शर्माले नागरिकता विधेयक पास नहुँदा कतिपय नागरिकले देशभित्रै अनागरिक सरह कष्टकर जीवन बाँच्नुपरेको बताउनु भयो । उहाँले संसदको चालु अधिवेशनमै नागरिकता विधेयक पारित गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य कलिला खातुनले काठमाडौंमा हैजा फैलिएको समाचारहरु आएको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठले गत जेठ १४ गते बजेट तयारीका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिहरुको हस्तक्षेप भएको भन्दै उहाँले अर्थ मन्त्रालयको सो दिनको फुटेज सार्वजनिक गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले विपद् व्यवस्थापनका लागि पूर्व तयारी, उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सांसदहरुलाई पनि विपद् अनुगमनका काममा प्रत्यक्ष सहभागी हुन आग्रह गर्नुभयो । उहाँले नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक रुपमा हुने पहिरोको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग प्रश्स्ताव संसदीय समितिमा लगेर छानबिन र सुनुवाई हुनुपर्ने बताउनु भयो । उहाँले महाअभियोग प्रस्ताव समितिमा लैजान नसक्नु संसदको असक्षमता भएको टिप्पणी गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्नाले बजारमा महंगी बढेकाले बजारमा हुने कालाबजारी र महंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य गंगा चौधरी सत्गौवाले बलात्कारमा संलग्न राजनीतिक पहुँचवाला व्यक्ति जोडिएको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता र उनको सचिवालय सक्रिय भएको बताउनु भयो । मुद्दा कमजोर बनाउन नमान्ने सरकारी वकिल संगीता थोकरलाई सरुवा गरिएको उल्लेख गर्दै उहाँले सरुवा बदर गर्न माग गर्नुभयो । उहाँले महान्यायाधिवक्ता बलात्कारको अभियुक्तलाई जोगाउन लागेको भन्दै महान्यायाधिवक्ताको राजीनामा माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले बजेट बनाउने क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिहरुलाई अर्थ मन्त्रालयमा प्रवेश गराएकाले अर्थमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले सरकारले सुशासनको प्रत्याभुति हुने गरी काम गर्न नसकेको भन्दै सुशासन प्रत्याभुति हुने गरी काम हुनुपर्ने धारणा राख्नुभयो ।

 




भर्खरै