२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोपी र सन्तोषीलाई ३ हजार मिटर दौडतर्फको उपाधि



अ+ अ-

काठमाडौं । विभागीय टोली एपिएफका गोपीचन्द्र पार्की र वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर तर्फको दौडमा आईतवार स्वर्ण पदक जितेका छन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशलामा भएको ३ हजार मिटरको पुरुषतर्फको दौडमा एपिएफका गोपी निर्धारित दूरी ८ मिनेट २९.५ सेकेन्डमा पूरा गर्दा सन्तोषीले महिलातर्फ १० मिनेट ६.७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । यस्तै आर्मीका मुकेश पालले ८ मिनेट ३० ससेकेण्डमा पूरा गर्दै रजत पदक जित्दा त्रिभूवन आर्मी क्लवका दीपक अधिकारीले ८ मिनेट ३८.० सेकेण्डको समय निकाल्दै कास्य पदक हात पारे ।

महिलातर्फ स्वर्ण जितेकी सन्तोषीले यसअघि भएको १५ सय मिटरमासमेत स्वर्ण जितेकी थिइन् । ३ हजार मिटर महिलातर्फ पुलिसकी राजपुरा पछाईले १० मिनेट ८.४ सेकेण्डसहित रजत जितिन् । कर्णालीकी राममाया बुढाले १० मिनेट ४१.९ सेकेण्डसहित कास्य पदक हात पारिन् ।

रंगशालामा नै सम्पन्न ४ गुणा ४ सय मिटर रिले महिलातर्फ एपिएफले स्वर्ण पदक जितेको छ । रमिता कुमार थारु, भागरती कुमारी थारु, कल्पना श्रेष्ठ र पूmलमती रानाको समूहले आर्मीको टोलीलाई पछि पार्दै स्वर्ण जितेको हो । एपिएफको टोलीले निर्धारित दूरी ४ मिनेट ३.१ सेकेण्डेमा पूरा गर्दै स्वर्ण पदक जित निकाल्दा आर्मीले ४ मिनेट ९.३ सेकेण्डको समय निकाल्दै रजत पदक हाँसिल गरेको हो । यस्तै कास्य पदक जितेको वागमती प्रदेशले निर्धारित दूरी ४ मिनेट ४०.९ सेकेण्डमा पूरा गर्यो ।

आईतवारकै पुरुष तर्फको ४ गुणा ४ सय मिटरमा भने आर्मीले एपिएफलाई पछि पार्दै स्वर्ण पदक जित्यो । आर्मीको समूहले निर्धारित दूरी ३ मिनेट २०.४ सेकेण्डमा पूरा गरेको हो । रजत पदक जितेको एपिएफको टोलीले निर्धारित दूरी पार गर्न ३ मिनेट २१.९ सेकेण्ड समय खर्चियो । यस्तै पुलिसले निर्धारित दूरी ३ मिनेट ३०.८ सेकेण्ड पूरा गरेर कास्य पदकमा चित्त बुझायो ।

राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत आईतवारै सम्पन्न ट्रिपल जम्प महिला तर्फको प्रतिष्पर्धामा एपिएफकी शिला चौधरीले स्वर्ण पदक जित्दा पुलिसकी सीमा चौधरीले रजत तथा आर्मी की निर्मला थापाले कास्य पदक जिते । शिलाले ११.०४ मिटर जम्प गर्दा सीमाले १०.५२ मिटर र निर्मला थापाले ९.८९ मिटर जम्प गरिन् । यस्तै पुरुषतर्फ भने वागमती प्रदेशका भुवन महतोले १३.८२ मिटर जम्प गर्दै विभागीय प्रतिष्पर्धीलाई पछि पारेर स्वर्ण पदक जिते । आर्मीका शेरबहादुर बिष्टले १३.५३ मिटर जम्प गर्दै रजत पदक जित्दा सलिम देवानले १३.४४ मिटर जम्प गर्दै कास्य पदकमा चित्त बुझाए ।

यस्तै डिस्कस थ्रो तर्फको प्रतिस्पर्धामा आर्मीले दुवै महिला र पुरुष तर्फको प्रतिष्पर्धामा स्वर्ण पदक जित्यो । महिला तर्फको खेलमा आर्मीकी सीता शाहीले ३३.५३ मिटर थ्रो गर्दै स्वर्ण पदक जित्दा पुरुषतर्फ चित्रबहादुर वलीले ३६.८९ मिटर थ्रो गरेर आर्मीलाई स्वर्ण पदक दिलाएका हुन । लुम्बिनीकी संगीता अधिकारीले ३३.३८ मिटर थ्रो गर्दै रजत पदक जित्दा आर्मीकी मिलन बुढामगरले ३२.९५ मिटर थ्रो गर्दै कास्य पदकमा चित्त बुझाइन् । यस्तै ३३.१८ मिटर थ्रो गर्दै पुलिसका पुस्कल खड्काले रजत पदक प्राप्त गर्दा ३३.०५ मिटर थ्रो गरेका एपिएफका मिलन चौधरी तेस्रो भए ।

यससँगै कोरोना महामारीपछि पहिलोपटक आयोजना भएको तीन दिने ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता सम्पन्न भएको छ । आर्मीकी जयरानी थारु र एपिएफका शिव पार्की उत्कृष्ट खेलाडी घोषित भए । आर्मी १८ स्वर्ण, १२ रजत र ५ कास्यसहित पहिलो भयो भने १९ स्वर्ण, ६ रजत र ८ कास्य जितेको एपिएफ दोस्रो भयो । यस्तै ३ स्वर्ण, २ रजत र ४ कास्य जितेको वागमती प्रदेश तेस्रो स्थानमा रह्यो ।

उता विभागीय टोली नेपाल पुलिसले २ स्वर्ण, ३ रजत र ४ कास्य पदका निकाल्दा चौथो बन्यो । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी, एथ्लेटिकक्स संघका अध्यक्ष राजिवविक्रम शाह लगायतले पुरस्कृत गरेका छन् ।