२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकै उत्पादनमा आत्मनिर्भर बन्दै म्याग्दी



अ+ अ-

गलेश्वर । म्याग्दीको फाँटैभरि यतिबेला मकैबाली झुलिरहेको छ । रासायनिक मल अभाव र फौजी किराको प्रकोप देखिएपछि उत्पादन राम्रो हुँदैन कि भनेर चिन्तित बनेका किसान समयमै पानी परेकाले मकैबाली सप्रिदा दङ्ग छन् ।

पाँच वर्षयता म्याग्दी मकै उत्पादनमा आत्मनिर्भर बन्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दैनिक उपभोग गर्नेबाहेक बीउका लागि यहाँ फलेको मकै बाहिरी जिल्लामा समेत बिक्रीवितरण गर्न थालिएको छ । लेकदेखि बेँसीसम्मका अधिकांश जमिनमा मकै खेती हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको ११ हजार हेक्टर जमिनमा वार्षिक ३७ हजार ८१७ टन मकै उत्पादन हुन्छ ।

यहाँ उत्पादन भएको करिब २५ टन मकैको बीउ पर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्लालगायत जिल्लासम्म बिक्रीवितरण हुने गरेको छ । कृषि प्राविधिक जगत बानियाँ बीउ मकै उत्पादन गरी बाहिरी जिल्ला पठाउने गरिएको बताउनुहुन्छ । सिँचाइ, फौजीकिरा नियन्त्रण र आवश्यक मलको प्रबन्ध गर्नसके कृषकले मकैबाट पर्याप्त आम्दानी गर्न सक्ने उहाँको भनाइ छ । जिल्लामा पपकन सेतो र पपकन पहेंलो जातका मकै १५० हेक्टरमा लगाउने गरिएको छ ।

जिल्लाको एक हजार ६०० मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना १, ३, देउती, सितला तथा उपल्लो क्षेत्रमा अरुण १, २, हिलपुल सेतो र स्थानीय जातको मकैखेती गरिन्छ । रत्नेचौर, बगरफाँट, घतान, पुलाचौर, सिँगा, पात्लेखेत, झीँ, भगवती, घार र बाबियाचौर क्षेत्रमा मकै खेती बढी गरिन्छ । पछिल्लो समय हरियो मकै बिक्री गरी आम्दानी गर्ने क्रम बढ्दै गएको छ ।