१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिसस सप्तरीमा कांग्रेसका साह विजयी



अ+ अ-

सप्तरी । जिल्ला समन्वय समिति सप्तरीमा सत्तारूढ गठबन्धनको प्यानल विजयी भएको छ । आज सम्पन्न जिसस प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका शिवनारायण साह विजयी हुनुभएको हो । उहाँले २३ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले) गठबन्धनका उम्मेदवार छेदी अरगरिया यादवले ११ मत प्राप्त गर्नुभयो । सप्तरीमा १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी समितिको निर्वाचनमा ३६ जनाले भाग लिनुभएको थियो । उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शम्भुकुमार यादव २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका देवकान्त चौधरीले १४ मत ल्याउनुभयो । महिला सदस्यमा नेपाली कांग्रेसकी रञ्जिताकुमारी चौधरी (थरुनी), जनमत पार्टीकी प्राणवती देवी सरदार र नेकपा (एकीकृत समाजवादी) की सविताकुमारी साह निर्वाचित हुनुभयो ।

सदस्यमा नेपाली कांग्रेसका जागेश्वर यादव, जनमत पार्टीका बृधिलाल यादव र लोसपाका सत्यनारायण मण्डल निर्वाचित भएका छन् । दलित वा अल्पङ्ख्यक सदस्यमा एकीकृत समाजवादीका बौहुरी भगत निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कूल ३६ मतमध्ये दुई मत बदर भएको छ । नेपाली कांग्रेस, जनमत पार्टी र लोसपा पार्टी मिलेर कांग्रेसका निर्वाचित साहलाई उम्मेदवार बनाइएको थियो ।