२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन नेप्से परिसूचक २३.८५ अंकले गिरावट



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन आईतवार ९४.९२ अंकले बढेको नेप्से परिसूचक सोमवार गिरावट आएको छ ।

लामो समय ओरालो लागिरहेको नेप्से आईतवार एक्कासी उच्च अंकले बढेको थियो । तर सोमवार नेप्से परिसूचक २३.८५ अंक घटेर १९३३.१३ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६४ अंकले घटेको छ ।

सोमवार कारोवारमा आएका २२९ कम्पनीको ५६ लाख ४१ हजार कित्ता शेयर २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको तुलनामा नेप्सेसँगै कारोवार रकम समेत गिरावट आएको छ । आईतवार २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये दूई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.५१ प्रतिशत घटेको छ ।

नेप्से परिसूचक गिरावट आए पनि सोमवार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त र न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यता उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा १५ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।