२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?’



file
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेकपा(एकीकृत समाजवादी)तर्फ इंगित गर्दै रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद नआउने बताउनुभएको छ ।

सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ विषयक विचार गोष्ठिमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो बताउनुभएको हो । उहाँले नेताहरुले समाजवादको कुरा गरेपनि व्यवहार भने त्यस अनुसार नभएको बताउनु भयो । उहाँले पार्टीहरुले सरकारमा मन्त्री पठाएर चार दिन काम गर्न नपाई सबैलाई पालो पु¥याउन मन्त्री परिर्वतन गर्नु पार्टी प्रणाली नभएको बताउनु भयो । वरिष्ठ नेता पौडेलले मन्त्री बन्न सबैको पालो पु¥याउनुपर्ने चरित्र समाजवादी चरित्र नभएको टिप्पणीसमेत गर्नुभयो ।

उहाँले नेताहरुले समाजवादको नारा बोक्ने तर काम भने प्रतिक्रियावादी र सामन्तवादी गर्ने गरेको जिकिर गर्नुभयो । उहाँँले भन्नुभयो,‘ एउटा पार्टीमा सरकारका मन्त्री भएका छन् । ४ दिन काम गर्न पाएका छैनन् त्यसलाई हटाउनुपर्ने फेरिफेरि पालैपालो पु¥याउनु पर्ने त्यो पनि पार्टी सिस्टम हो । सबैको पालो पुग्नुपर्ने मन्त्री बन्नलाई कहाँ त्यस्तो हुन्छ । त्यस्तो सबैको पालो पुग्ने कुरा हुँदैन । म एउटा प्रश्न भन्न चाहन्छु आज के समाजवादको कुरा गर्दा के रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ । आउँछ यो देशमा ? कसरी आउँछ ? मैले भनिरहेको छु हामी समाजवादमा गैइरहेका छौं की ? हामी के आचरण र व्यवहार गरिरहेका छौं ।

हाम्रो चरित्र, आचरण र व्यवहारमा समाजवाद आउँछ की आउँदैन त्यो महत्वपूर्ण कुरा छ । हामी समाजवादका नारा फलाक्ने तर काम चाँही हामी घोर प्रतिक्रियावादी,सामन्तवादी सामन्तवाद बेलाका काम गर्ने ? यो चल्दैन । त्यसकारण हामी पूरै बदलिनु पर्छ । हाम्रो संस्कार परिर्वतन हुनुपर्छ । नेताहरु बदलिनु पर्छ । कार्यकताहरु बदलिनु पर्छ । नयाँ तालिमको आवश्यकता छ । त्यसरी गयौं भने समाजवाद लागू हुन्छ । नत्र समावाद एका तिर हामी,हाम्रा कार्यकर्ता,सरकार र राज्य सञ्चालन अर्कोतिर हुन्छ । यसमा विरोधाभास हुन्छ। यसले हामी सबैलाई डुबाउँछ । त्यसबाट बच्नको लागि हाम्रो आचरण र व्यवहार मिलाएर गरौं । सिद्धान्त र व्यवहारलाई मिलाएर जाऔं । हामी जे भन्छौं त्यो कुरा कार्यन्वयनमा गरौं ।’

नेता पौडेलले समाजवादको नारामा प्रतिक्रियावादी प्रवृति देखाउने गरिएको भन्दै अब राजनीतिक दलका नेता तथा कार्यकर्ता बदलिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

 




भर्खरै