२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन हाइड्रोपावरको आईपीओ खुल्यो



अ+ अ-

काठमाडौँ — हिमालयन हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ)मा सर्वसाधारणका लागि आवेदन खुलेको छ । कम्पनीले १८ लाख ३० हजार ४७२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको जनाएको छ ।

अंकित मूल्य १०० का दरले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँको आवेदन दिन सकिने छ ।

आफ्नो बैंक खाता रहेको जुनसुकै शाखा वा सीडीएससीको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिनेछ । असार १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी– आइआरबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।

यस कम्पनीको जलविद्युत् केन्द्र कास्की जिल्लाको मादी गाउँपालिकामा रहेको छ । यो ११.८८ मेगावाट क्षमताको आयोजना हो । निर्माण सम्पन्न हुँदा कुल २ अर्ब ६४ करोड ३६ लाख लागत लागेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

लगानी फिर्ता हुने अवधि ९.९४ वर्ष छ । यसको विद्युत् लेखनाथ सबस्टेसनमा जोडिएको छ । २०७७ बाटै विद्युत् उत्पादन सुरु भएको यस कम्पनीको चैत मसान्तसम्म प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३७ पैसा ऋणात्मक छ ।

प्रतिसेयर नेटवर्थ जम्मा ६७ रुपैयाँ ९६ पैसा छ । कम्पनी नोक्सानमा रहेकाले तत्काल प्रतिफल दिन सक्ने अवस्था छैन ।