२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा



फाइल फोटो
अ+ अ-

लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले मन्त्री पदबाट राजीनामा दिएकी छन् ।

गत जेठ महिनाको अन्तिम सातामा दाङका एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीमाथि हातपात गरी अभद्र व्यवहार गरेको आरोप राज्यमन्त्री वलीमाथि लागेको थियो । प्रदेश सरकारले सो घटनाको छानबिन गर्न एक समिति गठन गरेको थियो ।

राज्यमन्त्री वलीले सो छानबिन समितिलाई सघाउने उद्देश्यले राजीनामा दिएको बताइएको छ । उनले मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।

राज्यमन्त्री वलीका पति उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएको थियो । दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित उनको निधन भएपछि उनकी श्रीमती विमला सोही क्षेत्रमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाबाट निर्वाचित भएकी थिइन् ।

नेकपा विभाजन हुँदा उनले नेकपा (माओवादी केन्द्र) रोजेकी थिइन् । त्यसपछि उनी राज्यमन्त्री बनेकी थिइन् ।