३ असार २०८३, बुधबार
,
Latest
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान रौतहटमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति घट्यो, चालु आवमा ४८ जनाको मृत्यु चिया निर्यातको समस्या समाधानमा कूटनीतिक प्रयास जारी छः उद्योगमन्त्री गौरीकुमारी काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान सञ्चार क्षेत्रको सुधार र पूर्वाधार विस्तारमा सरकारको सक्रियता, ७७ वटै सदरमुकाममा एफटीटीएच सेवा साना किसान र युवा स्वरोजगार प्राथमिकतामा रहेको मन्त्री चौधरीको भनाइ जनार्दनको प्रश्न: ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलामा बगेर बालक बेपत्ता



बेपत्ता बालक खोज्न परिचालित गोताखोर टोली
अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । स्थानीय टोटी खोलामा नुहाउने क्रममा बालक बुधबार साँझ बेपत्ता भएका हुन् ।

झलारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार खोलाको किनारामा कपडा र चप्पल फेला परेपनि बालकको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।“खोलाको किनारामा बालकको कपडा र चप्पल फेला परेको छ” उहाँले भन्नुभयो, “गोताखोर टोलीले बाढी आएको खोलामा खोजतलास गरेपनि अझैसम्म बालकलाई भेटाउन सकेको छैन ।”

खोजी कार्य आज पनि जारी रहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।