३ असार २०८३, बुधबार
,
Latest
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान रौतहटमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति घट्यो, चालु आवमा ४८ जनाको मृत्यु चिया निर्यातको समस्या समाधानमा कूटनीतिक प्रयास जारी छः उद्योगमन्त्री गौरीकुमारी काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान सञ्चार क्षेत्रको सुधार र पूर्वाधार विस्तारमा सरकारको सक्रियता, ७७ वटै सदरमुकाममा एफटीटीएच सेवा साना किसान र युवा स्वरोजगार प्राथमिकतामा रहेको मन्त्री चौधरीको भनाइ जनार्दनको प्रश्न: ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’
तपाईं के खोज्दै हुनुहुन्छ ?

साना किसान र युवा स्वरोजगार प्राथमिकतामा रहेको मन्त्री चौधरीको भनाइ



अ+ अ-

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उपलब्ध बजेट सिलिङभित्र रहेर उत्पादनमुखी र किसानमैत्री कार्यक्रमहरू तय गरिएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन शिर्षकमाथि सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले बताउनुभएको हो । मन्त्रालयले सार्वजनिक गरेको बजेट विवरणअनुसार संघीय निकायका लागि ६० अर्ब ३० करोड, प्रदेश सशर्त अनुदानतर्फ ७ अर्ब ७१ करोड, स्थानीय तह सशर्त अनुदानतर्फ ३ अर्ब २० लाख र वित्तीय व्यवस्थापनतर्फ २ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ । कुल बजेटको करिव ५५ प्रतिशत हिस्सा रासायनिक मलको आपूर्तिका लागि छुट्टाइएको छ ।

बजेटले ठूला किसानलाई मात्र प्राथमिकता दिएको भन्ने सांसदहरूको जिज्ञासाको खण्डन गर्दै मन्त्री चौधरीले विनियोजित बजेटको ७५ प्रतिशतभन्दा बढी हिस्साबाट साना किसान प्रत्यक्ष लाभान्वित हुने दाबी गर्नुभयो । उहाँकाअनुसार १४ हजारभन्दा बढी सहकारीमार्फत २२ लाख किसानलाई मल उपलब्ध गराउने, १ लाख ५० हजार किसानको बाली बिमा गर्ने र ६० हजार उखु किसानलाई अनुदान दिने कार्यक्रमले साना किसानलाई नै सहयोग पुग्नेछ । साथै, न्युनतम २ करोड रुपैयाँसम्मको प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई ४० प्रतिशत प्रोत्साहन अनुदान दिने ‘पाइलट कार्यक्रम’ विशेष गरी युवा लक्षित रहेको उहाँले प्रस्ट पार्नुभयो ।

मन्त्री चौधरीले रासायनिक मलको परनिर्भरता घटाउन प्राङ्गारिक मलमा संघतर्फ ३५ करोड र प्रदेशतर्फ ११ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । आगामी वर्ष रासायनिक मलका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ खर्च गरिने र अपुग भएमा अर्थ मन्त्रालयले थप बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाएको उहाँले बताउनु भयो ।

मल वितरणको अनुगमनका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय गरिएको छ । यसैगरी, १५३ स्थानीय तहमा डिजिटल प्रविधिमार्फत उन्नत बीउमा अनुदान र १५६ स्थानीय तहमा साना सिँचाइ संरचना निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ ।

वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले मानव–वन्यजन्तु सहअस्तित्व शीर्षकमा ४१ करोड ११ लाख रुपैयाँ विनियोजन गरेको छ । हात्ती, बाघ र चितुवा लगायत १६ प्रजातिका वन्यजन्तुबाट हुने क्षतिका लागि राहत निर्देशिका २०८० बमोजिम क्षतिपूर्ति उपलब्ध गराइने मन्त्रीले बताउनु भयो । हिमाली क्षेत्रको पहिचानका रूपमा रहेको यार्सागुम्बा लगायतका जडीबुटीको व्यवस्थित संकलन, सुरक्षा र प्रशोधनका लागि ६ करोड १६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न २८ स्थानीय तहमा मझौला बजार निर्माण गरिने र हाटबजारहरूमा किसान समूहका लागि न्युनतम १० देखि ५० प्रतिशत स्टल सुरक्षित गरिने मन्त्री चौधरीले जानकारी दिनुभयो । धान, गहुँ र उखुको न्युनतम समर्थन मूल्य बाली लगाउनुअघि नै तोक्ने व्यवस्था मिलाइएको र अन्य बालीको पनि तयारी भइरहेको उहाँको भनाइ छ ।

कैलालीमा वन अतिक्रमण हटाउने क्रममा भएको घटनाबारे बोल्दै मन्त्री चौधरीले दोषीउपर कारबाहीका लागि सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत जाँचबुझ समिति गठन भई प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो । उहाँले कर्मचारीहरूलाई संवेदनशील बन्न र जनताको सेवकका रूपमा प्रश्तुत हुन निर्देशन दिइसकेको समेत बताउनु भयो ।