२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाडाल विम्बल्डनको तेस्रो चरणमा प्रवेश



अ+ अ-

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्टमा बिहीबार राति लिथुनियाका रिकार्डस बेरान्किसलाई हराउँदै उनी तेस्रो चरणमा प्रवेश गरेका हुन् ।

दोस्रो वरियताका नाडालले रिकार्डसमाथि ६–४,६–४,४–६ र ६–३ को सेटमा जित निकाले । ३६ वर्षीय नाडालको यो ३ सय ७ औं ग्रान्डस्लाम जित समेत हो ।

कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।

यस्तै, महिलातर्फ विश्व नम्बर एक इगा स्वेटेकले तेस्रो चरणमा स्थान बनाएकी छिन् ।

इगाले नेदरल्यान्ड्सकी लेस्ली पट्टिनामा केरखोवलाई ६–४, ४–६ र ६–३ ले पराजित गरिन् ।