२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकै सबैभन्दा अग्लो भवन ‘बुर्ज खलिफा’बारे रोचक तथ्यहरु



अ+ अ-

एजेन्सी । तपाईले विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफाबारे धेरैथोरै सुन्नुभएको होला । दुबईमा रहेको यो भवन अहिलेसम्म मानव निर्मीत संरचनामध्ये सबैभन्दा अग्लो भवन हो ।

यो भवन बन्नुभन्दा पहिले कसैले कल्पना पनि गरेका थिएनन् कि यति अग्लो भवन संसारमा निर्माण हुनेछ । यस भवनलाई निर्माण गर्न १२ हजार कामदारहरुले दिनरात मिहिनेत गरेका थिए । यस भवन निर्माणमा आवश्यक पर्ने कैंयौं मेशिन तथा क्रेनहरु छुट्टै निर्माण गर्नुपरेको थियो । यसको उचाई करीब ८३० मिटर अग्लो रहेको छ भने यसमा १६३ तला रहेका छन् ।

सन् २००४ जनवरी ६ मा दुबईको प्रोपर्टी डेभ्लपर (इएमएएआर)ले बुर्ज खलिफाको डिजाइनको जिम्मा अमेरिकाका आर्किटेक्चरहरु स्किडमोर ओइंग्स र मेरिललाई दिएका थिए । यसका साथै अर्का आर्किटेक्चर एड्रियन स्मिथलाई पनि यसको डिजाइन निर्माण गर्ने श्रेय दिइन्छ । बुर्ज खलिफाको कन्स्ट्रक्सनको काम दक्षिण कोरियन कम्पनी सामसुङ सी एण्ड टी कर्पोरेसनलाई दिइयो ।

काम सुरु भएको तीन वर्षमै यसले रेकर्ड राख्न सफल भयो । सन् २००८ अप्रिल ७ मा यो भवनले मानव निर्मीत सबैभन्दा अग्लो भवनको रेकर्ड राख्न सफल भयो । यस भवनलाई निर्माण गर्न कैंयौं रकम खर्च भएपछि अबुधावीका प्रेसिडेन्ट खलिफा बिन जायदसँग आर्थिक सहयोगको अपिल गरियो । यसभन्दा पहिले यो टावरको नाम बुर्ज टावर रहेको थियो ।

तर खलिफा बिनको आर्थिक सहयोगमा यस भवनलाई सम्पन्न गरेपछि उनकै सम्मानमा बुर्ज खलिफा नामाकरण गरियो । सन् २००८ अक्टुबरमा यस भवनको काम सम्पन्न भयो भने सन् २०१० जनवरी ४ मा यसको ओपनिङ गरियो ।

यस भवन निर्माण सम्पन्न हुँदा १.५ बिलियन डलर खर्च भएको थियो । तर केही मानिसहरु भने यो भन्दा बढी रकम खर्च भएको बताउँछन् । सन् २०१० मार्च १० मा यस भवनलाई आधिकारिक रुपमा विश्वको सबैभन्दा अग्लो भवन घोषणा गरियो । त्यसबेलादेखि यो रेकड यसै भवनको नाममा रहेको छ ।

 




भर्खरै