२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं ५ बाट चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा



अ+ अ-

काठमाडौं । रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा उठ्ने घोषणा गरेकी छन् ।

रञ्जु दर्शनाले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गरेकी हुन् ।

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्रनम्बर ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए ।

सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशशरण महत र विवेकशील नेपाली दलका स्वर्गीय उज्ज्वल थापालगायतका उम्मेदवारले पनि प्रतिस्पर्धा गरेका थिए ।

काठमाडौं क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरपालिकाका वडा नं. २, ३, ४, ५, बुढानीलकण्ठ नगरपालिकाका वडा नं. ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ र ७ पर्दछन् ।

रञ्जुले लेखेकी छन्,
सबैजनालाई नमस्कार ,
तपाईहरूले विभिन्न माध्यम बाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु । तपाईहरू पनि यस अभियानको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सारथी बन्न चाहनुहुन्छ भने तल दिइएको लिङ्कमा गइ फर्म भर्न हुन अनुरोध गर्दछु ।