९ असार २०८३, मंगलवार
,
Latest
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङलाई बराबरीमा रोक्दै आर्मी दोस्रो स्थानमा



अ+ अ-

काठमाडौँ । सहिद स्मारक लिग 'ए' डिभिजन ०७८ मा त्रिभुवन आर्मी क्लबले दोस्रो स्थानमा लिगको अन्त्य गरेको छ । 

दशरथ रंगशालामा शनिबार दिउँसो भएको खेलमा आर्मीले मनाङ मर्स्याङ्दीलाई १–१ को बराबरीमा रोक्दै दोस्रो स्थान पक्का गरेको हो । 

मनाङले सुरुवाती अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन ।

४५ औं मिनेटमा अञ्जन विष्टको गोलमा मनाङले अग्रता लिएको थियो । तर, खेलको ७६ औं मिनेटमा फ्रायन्कलिन कुएटाले आत्मघाती गोल गर्दा खेल बराबरीमा टुंगियो । 

यो नतिजाले मनाङ भने २१ अंकमा सीमित रहेर पाँचौं स्थानमा रह्यो । आर्मीलाई हराएको खण्डमा मनाङ दोस्रो स्थानमा उक्लने निश्चित थियो ।

यसैबीच, शनिबार नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले पुलिसलाई ३–१ ले हराउँदै २३ अंकसहित तेस्रो स्थानमा उक्लिन सफल भयो । एनआरटीको यस जितमा मेसुके ओलोमोउले ह्याट्रिक गरे ।