२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महासचिवले भने- ‘अर्थमन्त्रीको बदमासीमा प्रधानमन्त्रीको मिलेमतो छ’



file photo
अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बजेट निर्माणमा देखिएको अर्थमन्त्री जनार्दन शर्माको बदमासीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मिलेमतो भएको आरोप लगाएका छन् ।

करको दर हेरफेर गर्न अनधिकृत मानिसलाई बोलाउने र त्यसको सिसिटिभी फुटेज नष्ट गर्ने अर्थमन्त्रीको बचाउमा प्रधानमन्त्री स्वयं लागेकाले अर्थमन्त्रीले गरेको बदमासीमा प्रधानमन्त्रीको पनि मिलेमतो भएको उनले बताए ।

प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने, “नत्र प्रधानमन्त्रीले छनबिन गरी कारबाही गर्नुपर्छ ।” उनले बजेट प्रकरणमा कांग्रेसकै सांसद पनि मुछिएकाले पनि प्रधानमन्त्री हच्किएको बताए ।

एमालेलाई सरकारबाट विस्थापित गर्दा मुलुकको स्थिति दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै उनले वर्तमान गठबन्धन सरकार पूर्ण असफल भएको जिकिर गरे । उनले अहिले अर्थतन्त्र डामाडोल भएको, मूल्यवृद्धि अत्यधिक भएको पूँजीगत खर्च लकडाउनमा भन्दा पनि खराब भएको बताए ।

महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई लक्षित गर्दै नेपाली कांग्रेससँग लागेकाहरु कम्युनिष्ट शक्ति हुन नसक्ने टिप्पणी गरे । मुलुकमा एमाले मात्र बामपन्थी शक्ति रहेको उनको भनाइ थियो ।