२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको बैठक बुधबार बस्ने



file photo
अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को आजका लागि तय भएको केन्द्रीय समितिको बैठक बुधबारका लागि सरेको छ ।

आइतबारदेखि सुरु भएको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने कार्यक्रम तय भएको थियो । पदाधिकारी चयनलगायतका विषयमा सहमति जुटाउनका लागि अध्यक्ष दाहालको निवास खुुमलटारमा पार्टीका पूर्व स्थायी समितिको बैठक बोलाइएको छ ।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले आजका लागि तय भएको बैठक स्थगित भएको र बुधबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिनुभयो । प्रवक्ता कृष्णबहादुर महराले पनि आजको बैठक स्थगित भएको जानकारी दिनुभयो । बैठकमा अध्यक्ष दाहालले १० पेजको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

आइतबारको बैठकमा सात वटै प्रदेशका अध्यक्ष र सोमबार ४३ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राख्नुभएको थियो । बैठकमा पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्यूरोको चयन हुनुपर्नेलगायतका माग उठेको छ । सोही मागलाई सम्बोधन गर्ने ध्येयका साथ अधिकतम प्रयास गर्ने तयारीमा नेतृत्व लागि परेको नेताहरुले जानकारी दिनुभएको छ ।