२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गुर्नुभएको छ । .

मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनरुपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताउनु भयो । आगमी मंसिरपछि मात्रै सम्भवतः गठबन्धनरुपी विमानले सुरक्षित अवतरण गर्ने बताउनु भयो । उहाँले संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीच बाटोमा पुगेर दलहरुले एकअर्काप्रति आरोप, प्रत्यारोप गर्नु नहुने बताउनु भयो । जहाजबाट प्यारासुट जम्प गर्दा दुर्घटना निम्तिने उल्लेख गर्नुभयो । उपसभापति गुरुङले गठबन्धनै दलहरुले काँग्रेस इमान्दार भएन भनेर झगडा गर्दा संविधान नजोगिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाज चढ्यौं । जहाज उडिसकेको छ । आकाशामा छ । तर ल्याण्डिङ भएको छैन । अब हामीले त्यो जहाजलाई सेफ ल्याण्डिङ कसरी गर्ने ? भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरुले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ । जहाजलाई सेफ ल्याण्डिङ गर्नेपर्ने हाम्रो दायित्व छ । वा त हामीले जहाजबाट प्यारासुट जम्प गर्नुपर्छ । तर खुट्टा भाँचिन्छ की भन्नेपनि हामीलाई त्रास छ । जम्प पनि गर्नुभएको छैन, धेरै माथि उडेको छ । १० हजार, साढे १० हजा फिट माथि उडिरहेको छ । अहिले जहाज ।

अब त्यसलाई सेफ ल्याण्डिङ गर्ने बेलामा कसैले काँग्रेस इमान्दार भएन भन्ने, अर्को दल इमान्दार भएन भनेर आकाशमा उडिरहेको जहाजमाथि हामीले झगडा शुरु गर्ने हो भने जहाजले सेफ ल्याण्डिङ गर्न सक्दैन । हाम्रो मिसन भनेको संविधान जोगाउने मिसन हो । हामीले जहाज ल्याण्डिङ नगर्दै एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने हो भने हामी अपरिपक्व राजनीतिज्ञ हौँ भन्नेकुरा हामी आफैँले प्रमाणित हुन्छ । हामी आउने मंसिरतिर सायद मलाई लाग्छ जहाज सेफ ल्याण्डिङ गर्नसक्छौँ भन्ने विश्वास छ ।’

उपसभापति गुरुङले गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश सञ्चालन गरेके पुष्टि हुने दाबी गर्नुभयो । उहाँले सधैँ देश गरिब बनाएर काम गर्नुनहुने भन्दै सरकार सञ्चालन कर्ताले मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्न आवश्यक रहेको बताउनु भयो । उहाँले व्यवस्था परिवर्तन गरेरपनि जनताको अवस्था परिवर्तन गर्न नसकेको बताउनु भयो ।