२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र क्यानडा भिड्दै



अ+ अ-

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड, नामिबियासँग हुने त्रिकोणात्मक श्रृंखलाको तयारीका लागि क्यानडा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलवार) घरेलु टिमबिरुद्ध क्यानडासँग पहिलो एकदिवसीय खेल खेल्दैछ ।

क्यानडाको किंग सिटी मेपल लीफ क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि शुरु हुनेछ । नेपालले क्यानडामा दुई खेल खेल्ने तालिका रहेको छ । त्यसअघि नेपालले पूर्व नेपाली क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा स्थानीय ओन्टारियोसँग एक एकदिवसीय र एक ट्वान्टी–२० क्रिकेट खेलेको थियो । जसमा नेपालले एक दिवसीय खेलमा नेपालले ६९ र ट्वान्टी–२० खेलमा ५५ रनको जित निकालेको थियो ।

चिरपरिचित प्रतिद्वन्द्वी क्यानडासँग यसअघि नेपालले तीन पटक खेलिसेकेको छ । तीन भेटमा नेपाल दुई खेलमा विजयी हुँदा क्यानडाले एक पटक जित हासिल गरेको छ । नेपाल र क्यानडा पहिलोपटक २०१४ मा खेलेको थिए । २०१५ को आईसीसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल १२ रनले पराजित भएको थियो । आईसीसी लिग डिभिजन–२ मा नेपाल र क्यानडाको दोस्रो खेल भएको थियो ।

२०१५ मा नामिबियामा भएको उक्त खेलमा नेपालले ७ विकेटको सुखद् नतिजा निकालेको थियो । यस्तै क्यानडाबिरुद्धको तेस्रो तथा अन्तिम भेटमा २०१८ मा भएको थियो । आईसीसी डिभिजन–२ को खेलमा नेपाल १ रनले विजयी भएको थियो । ५१ रन जित्नका लागि आवश्यक रहेको थियो । नेपालसँग १ विकेट मात्र बाँकी रहेको अवस्थामा करण केसी र सन्दीप लामिछानेले रोमान्चक जित दिलाएका थिए । यस खेलमा करण केसीले ५ विकेटकासाथ विजयी ४२ रन बनाएका थिए ।

घरेलु टोली क्यानडासँगको दुई खेलको श्रृंखलापश्चात् नेपाल क्यानडाबाटै विश्वकप त्रिकेट लिग–२ खेल्न स्कटल्याण्ड जाने तालिका रहेको छ । नेपालले स्कटल्याण्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ । स्कटल्याण्ड भ्रमणमा नेपाल जितसहित विश्वकप त्रिकेट लिग–२ अंकतालिकामा स्थान सुधार गर्ने लक्ष्यमा रहेको छ ।