२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीलाई बर्खास्त गरौँ: धनराज गुरु



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनार्दन शर्मालाई अर्थमन्त्रीबाट बर्खास्त गर्न सरकारसँग माग गर्नुभएको छ ।

उहाँले ट्विटरमार्फत विवाद समाधानका लागि छानबिन समिति गठन गर्न, सो छानबिन समितिलाई सहयोग गर्नका लागि अर्थमन्त्रीको राजीनामा वा बर्खास्त गर्नुपर्ने तीन प्रक्रिया पूरा गर्न सुझाव दिनुभएको छ ।

“गैर संवैधानिक कार्य गर्नेहरूका लागि सीसी क्यामेरामार्फत निगरानी गरिन्छ । सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसी फुटेज सार्वजनिक गर्नुपर्छ । जनताले हेर्न पाउनुपर्छ”, उहाँले भन्नुभएको छ ।

यसअघि कांग्रेसका अर्का उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री शर्माका सम्बन्धमा संसदीय छानबिन समितिको माग गर्नुभएको थियो । त्यस्तै महामन्त्री गगन थापाले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभएको थियो । उहाँले अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले एक्सन लिनुपर्ने उल्लेख गर्नुभएको थियो ।




भर्खरै