९ असार २०८३, मंगलवार
,
Latest
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसले गर्यो कीभमा सबैभन्दा ठूलो हमला, आवासीय भवनमा मिसाइल प्रहार



अ+ अ-

एजेन्सी । युद्धको तेस्रो दिन रुसले युक्रेनको राजधानी किभमा ठूलो हमला गरेको छ । विस्फोटबाट धेरै आवासीय भवनमा ठूलो क्षति पुगेको छ । 

यसअघि रुसले मेलिटोपोल सहर कब्जा गरेको थियो । यसैबीच, युक्रेनले ३,५०० रुसी सैनिक, ०२ ट्याङ्क, १४ विमान र ८ वटा हेलिकप्टर खसालेको दाबी गरेको छ ।

यसैक्रममा अमेरिकाले रुससँग लड्न युक्रेनलाई ६० करोड डलर सुरक्षा सहयोग दिने घोषणा गरेको छ ।

यसअघि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले रुसविरुद्ध निन्दा प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्तावको पक्षमा ११ र विपक्षमा १ मत परेको थियो । भारत, चीन र युएईले मतदानमा भाग लिएनन् । तर, रुसले भिटो शक्ति प्रयोग गरेर यो निन्दा प्रस्ताव अस्वीकार गर्‍यो ।

रुसी आक्रमणसँग लड्न युक्रेनको आन्तरिक मन्त्रालयले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पेट्रोल बम बनाउने जानकारी दिएको छ । यस्तै, समाचार स्रोतका अनुसार किभमा स्वयम्सेवकलाई १८ हजार मेसिन गन दिइएको बताइएको छ ।