२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन



अ+ अ-

एजेन्सी । गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ ।

जापानको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको अवस्थामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियो । उनलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरी उपचार गरिएको थियो ।

जापानमा आइतबार माथिल्लो सदनका लागि निर्वाचन हुँदैछ । यसका लागि शिन्जो त्यहाँ प्रचारप्रसार गरिरहेका थिए । ६७ वर्षीय शिन्जो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)सँग आवद्ध छन् । आबे सन् २००६ देखि २००७ सम्म प्रधानमन्त्री थिए । त्यसपछि उनी २०१२ देखि २०२० सम्म लगातार ८ वर्ष प्रधानमन्त्री भए ।

उनको नाममा सबैभन्दा लामो समय ९९ वर्ष० प्रधानमन्त्री पदमा रहने कीर्तिमान छ। यसअघि यो कीर्तिमान उनका काका इसाकु साइतोको नाममा थियो ।

आबेलाई आक्रामक नेता मानिन्छ । उनलाई अल्सरेटिभ कोलाइटिस, आन्द्राको रोग थियो जसकारण उनले २००७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।