२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप चार जनामा हैजा, बिरामी सङ्ख्या २७



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यकामा थप चार जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले थप चारमा हैजाका बिरामी भेटिएको बताउनुभयो ।

थप चार जनामा हैजा भेटिएसँगै अहिलेसम्म हैजा लाग्नेको सङ्ख्या २७ पुगेको छ । उहाँका अनुसार कागेश्वरी मनहरा–६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ ।

कागेश्वरी मनहराका १८ वर्षीया महिला, २४ वर्षीया महिला र १२ वर्षका बालक तथा हरिसिद्धिका ६२ वर्षीया महिला रहेका छन् । कागेश्वरी मनहराका हैजाका बिरामीलाई उपचार पछि घर फर्किसकेको र हरिसिद्धिका ६२ वर्षीया महिलाको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।