९ असार २०८३, मंगलवार
,
Latest
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी पारित गर्न सहयोग गर्नुस- देउवा ,पहिला माग पुरा गर्नुस अनि बिचार गरौला- ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न  प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संग प्रस्ताव  गर्नुभएको छ । एमाले अध्यक्ष ओली संग छलफल गर्न बालकोट पुग्नु भएका प्रधानमन्त्री देउवाले संसदको अबरोध खोल्न पनि ओलीलाई आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले लोकतान्त्रीक शक्तिहरु एकै ठाउमा उभिनु पर्ने बताउनु भएको थियो । एमाले अध्यक्ष ओलीले भने एमालेको पूर्ववत माग कायम रहेको जानकारी गराउदै संसद सुचारु गर्न सरकारले पहल गर्नुपर्ने बताउनु भएको थियो । ओलीले एमालेले राखेका मागमा सरकारको दृष्टिकोण के हो ?

सरकारमा प्रबक्ता समेत रहनु भएका संञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संञ्चारकर्मीहर संग भन्नुभयो एमाले अध्यक्ष ओलीले अहिलेको अवस्थामा संसदमा आएर आफ्नो धारणा राख्ने वातावरण  छैन । मन्त्री कार्कीले पाँच दलिय गठबन्धन कायम नै रहेको पनि जानकारी गराउनु भयो ।