२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चरक अस्पतालमा स्याङ्जा गण्डकी यातायातका सवारीलाई छुट



अ+ अ-

पोखरा । स्याङ्जा गण्डकी यातायात प्रा.लि.मा आवद्ध सवारी साधनहरुले भईपरि आउने दुर्घटनाको उपचारमा विशेष छुट पाउने भएका छन् ।

पोखरामा स्याङ्जा गण्डकी यातायात प्रा.लि. र पोखरा– ८ स्थित चरक मेमोरियल अस्पतालबीच भईपरि आउने दुर्घटना तथा उपचारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा चरक मेमोरियल अस्पतालका प्रवन्ध निर्देशक कपिल पोखरेल र प्रा.लिका कोषाध्यक्ष महेश बहादुर थापाले हस्ताक्षर गरेका हुन् ।

स्याङ्जा गण्डकी यातायातमा आवद्ध सवारीमा भईपरि आउने दुर्घटनाका घाइते भएकाहरुको अस्पतालले औषधोपचारमा विशेष छुट दिने सहमती भएको छ ।

यस्तै प्रालिमा आवद्ध कर्मचारी तथा उनीहरुका परिवारको दुर्घटना तथा अन्य उपचारमा पनि विशेष छुट सहित उपचार गरिने सम्झौतामा भएको प्रा.लिका महासचिव भानुभक्त बरालले जानकारी दिए ।