२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुने



file photo
अ+ अ-

काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुने भएको छ । ललितपुरको एक कार्यक्रममा आज नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुने जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विधेयक फिर्ता गर्ने बताउनुभएको महामन्त्री थापाको भनाइ थियो । उहाँका अनुसार प्रधानमन्त्री देउवाले गत बुधबार राष्ट्रियसभामा पेश गर्नुभएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ आज/भोलि नै फिर्ता हुनेछ ।

प्रधानमन्त्री देउवाले पेश गरेको सो विधेयक तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखेर ल्याइएको भन्दै सरकारको व्यापक आलोचना हुँदै आएको छ ।

पूर्ववर्ती सरकारले यस्तै विधेयक ल्याउँदै गर्दा नेपाली कांग्रेसले विरोध गरेको उल्लेख गर्दै महामन्त्री थापाले संविधानविपरीत ल्याइएको सो विधेयकलाई कांग्रेसले नमानेको र परिषद्को बैठकमा पार्टी सभापति देउवाले भाग पनि नलिनुभएको स्मरण गर्नुभयो ।

उहाँले हिजोको गल्तीलाई आज सही भन्न नसकिने भन्दै त्यस्तो गल्ती गर्ने छुट नेपाली कांग्रेसलाई कदापि हुननसक्ने बताउनुभयो ।