२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई खाना पस्किन व्यस्त चिनियाँ नेता लिउ



अ+ अ-

काठमाडौँ । नेपालको भ्रमणमा रहनुभएका चिनियाँ कम्युष्टि पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले विद्यार्थीहरुलाई खाना पस्किएर खुवाउनुभएको छ । काठमाडौँ दरबार छेउको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा पुगेर उहाँले विद्यार्थीहरुलाई खाना पस्किनुभएको हो ।

उच्च तहको भेटघाटमा व्यस्त लिउ नेपाल भ्रमणको दोस्रो दिन भ्रमण टोलीका केही सदस्यसहित विद्यालय पुग्नुभएको थियो । लिउसँगै त्यहाँ पुग्नुभएकी ऊर्जामन्त्री पम्फा भुसालले ‘लन्च सेरेमोनी अफ नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्ट’ कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कक्षा कोठामा दाल, भात र तरकारी पाक्दै गर्दा बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा लिउले चिनियाँ बालबालिका र नेपाली बालबालिकालाई साथी बनाउने इच्छा रहेको बताउनुभयो । लगत्तै हातमा पन्जा लगाएर पाकिरहेको दाल, भात र तरकारी पस्किनुभयो ।

ऊर्जामन्त्री भुसालले सो कार्यक्रमबारे ट्विट गर्दै काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको शुरुआत गरेको बताउनुभएको छ ।

उहाँले नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख ज्लिउ जियानचाओको नेपाल बसाइ सुखद् रहोस भनी शुभकामना दिनुभएको छ ।