२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा डेंगु भेटियो



अ+ अ-

बागलुङ । बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छ । गर्मीबढेसंगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो ।

धौलागिरी अस्पतालमा उपचार गर्न आएको एक महिला र एक पुरुषमा लक्षण देखिए पछि परीक्षण गर्दा डेंगु पुष्टि अएको अस्पताका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो । उनीहरु शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए । सङ्क्रमित बागलुङ नगरपालिका वडा नं ७ का र ९ रहेका छन् । ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाईमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । वर्षातका कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुँनेगरेकाले पानी जम्ने खाल्टाखुल्टी पुर्नु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।रासस