२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विभेदरहित र मानवअधिकारमैत्री समाज बनाउनुपर्ने’



अ+ अ-

काठमाडौँ । सांसद राज्यलक्ष्मी गैरेले विकृति, विसङ्गतिरहित समाज निर्माणका गरी मानव अधिकारमैत्री र विभेदरहित समाज निर्माणमा ध्यान दिन अग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा उहाँले नेपालको संविधान र कानुनले हिंसारहित समाजको परिकल्पना गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा मानव अधिकारमैत्री समाज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

“एकै दिनमा दुई २४ वर्षीय युवतीले आत्माहत्या गरे, आत्महत्या गर्ने दिनप्रतिदिन बढ्दै गएका छन्”– सांसद गैरेले भन्नुभयो, “महिला सहभागिता र आत्मनिर्भर बनाउने कुरा गरिरहेका छौँ, हिंसारहित समाजको निर्माण बनाउन कानुन पनि बनाइरहेका छौँ तर किन कम भएन सरकारले अध्ययन गर्नुपर्छ ।”

युवालाई रोजगार दिने विषयमा राज्यले सोच्नुपर्ने र विभेदरहित समाज निर्माण गर्न मानव अधिकारमैत्री, सभ्य समाज निर्माण गरी विभेद उन्मूलन गर्नुपर्नेमा उहाँको जोड थियो ।

सांसद तुलप्रसाद विश्वकर्माले पेट्रोलियम पदार्थ र खाद्य सामग्रीमा दैनिक महँगी बढ्दै गएको र नियन्त्रण गर्ने कुरामा ध्यान नगएकोप्रति सरकारको ध्यानाकषर्ण गराउनुभयो ।

महँगीका कारणले विकास निर्माणका सामग्रीको मूल्य पनि अत्याधिक बढ्दै गएको र व्यापार घाटा दैनिक बढ्दै जाँदा देश आर्थिक सङ्कटमा पर्ने अनि देशको युवाशक्ति पयायन हुने कुरालाई रोक्नुपर्नेमा उहाँको जोड थियो । सांसद भगवती न्यौपानेले गण्डकी प्रदेश सरकारले दिवङ्गत बाबुको नाममा ५० लाख विनियोजन गर्नु र सांसदहरुले आ–आफ्नो परियोजनाका लागि रकम छुट्याउनाले जनताको सङ्घीयताप्रति आक्रोस पैदा भएको छ भन्नुभयो ।