२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य घटेर ९४ हजार ३०० रुपैयाँमा कारोबार हुँदै



अ+ अ-

काठमाडौंं । आज (बुधबार) नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । निरन्तर सुनको मूल्य घटेको आज तेश्रो दिन हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ९४ हजार ३०० मा कारोबार भईरहेको छ । त्यसैगरी , तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज (बुधबार) चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

हिजो (मंगलबार) सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला एक हजार १७५ रुपैयाँमा किनबेच भएको थियो ।